गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ ।
सांसद लेखनाथ दाहाल राजनले आज बिहीवार एक कार्यक्रमका बीच बेसको उद्घाटन गर्नुभएको हो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।
काठमाण्डाैबाट झन्डै दुई सय १० किलोमिटर बर्दिवाससम्मको वीपी राजमार्गमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापना बेस स्थापना भएको हो । सशस्त्र प्रहरी बलले यसअघि धनकुटाकाे मुलघाट, बाराकाे निजगढ, धादिङकाे आदमघाट, म्याग्दीकाे बेनी, दाङकाे भालुवाङ, सुर्खेतकाे चिप्ले र डडेल्धुराकाे अमरगढीमा गरी सात वटा ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।