सरकारविरुद्ध सडक संघर्ष गर्ने डाक्टर भट्टराईको चेतावनी

 कात्तिक १४, २०७५ बुधबार १३:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको छ ।

संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको हो । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उहाँले पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दाबी समेत गर्नुभयो ।

बैठकमा संयोजक भट्टराईले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ । लोकतन्त्रका मूल्य/मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दाबी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

२ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ । संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने पनि जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया