दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गयो
माघ ८, २०८१ मंगलबार
ललितपुर – सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले अब छिटै देवानी संहिता संशाेधनको प्रक्रियामा जाने बताउनुभएकाे छ ।
कानुनी सहायता तथा परामर्श केन्द्रकाे ३७ औँ वार्षिकोत्सव अवसरमा आज शुक्रवार आयाेजित कार्यक्रममा न्यायाधीश भट्टराईले महिला र बालमैत्री कानुनको आवश्यकता रहेको जनाउँदै मुलुकी देवानी संहिता २०७४ संशाेधन गर्नुपर्ने बताउनुभयाे । उहाँले अबको पाँच/छ महिनापछि देवानी संहिता संशाेधनको प्रक्रियामा जाने विश्वास व्यक्त गर्नुभयाे ।
महिला तथा बालबालिकाको न्यायमा पहुँच अभिवृद्धि, महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि क्रियाशील संस्था कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक) ले ३७ औँ वार्षिकोत्सव मनाएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ल्याक लेन्स पुस्तक विमोचन गरिएको छ । पुस्तकमा ल्याक महिला हक हेल्पलाइनमा दर्ता भएका घटना र लेखहरु समेटिएको छ ।
कार्यक्रममा 'ल्याक' की अध्यक्ष अनिता न्यौपाने थपलियाले संस्थाका संस्थापक अध्यक्ष स्व. प्रा. डा. शान्ता थपलियालाई स्मरण गर्दै महिलामाथि गरिएको विभेदपूर्ण व्यवहार, सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाउने, महिलाको नेतृत्व विकास र न्यायमा पहुँच सजिलै पुगोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयाे । स्थापनाकालदेखि नै महिलाको न्यायमा सहज पहुँच अभिवृद्धिका लागि निःशुल्क कानुनी सहायतालगायतको कार्यक्रम गर्दै आएको बताउँदै उहाँले महिलाको हक, अधिकार र हिंसा नियन्त्रणका लागि बनेका कानुनी व्यवस्थाहरूको बारेमा कम जानकारी हुँदा न्यायमा पहुँच पुग्न नसकेको जिकिर गर्नुभयाे ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनीकरण गर्न चुनौती थपिएको बताउनुभयाे । सदस्य थापाले महिला आफ्नो अधिकारका निम्ति कानुनी सहायताका लागि लड्दा ठूलो खर्च लाग्ने हुनाले न्यायिक रूपमा अगाडि आउन चुनौती भएको भन्दै 'ल्याक' जस्तो संस्था अरू पनि आउनुपर्ने बताउनुभयाे । उहाँले न्यायिक लडाइँ लड्नका लागि सबैलाई सहयोग पुगोस् भनेर आफूले अब छिट्टै पोलेसी लेभलमा काम गर्ने दृढता व्यक्त गर्नुभयाे ।
महिला गैरसरकारी संस्था महासङ्घकी उपाध्यक्ष तुलसा लता अमात्यले २०५२ सालदेखि नै पैतृक सम्पत्ति पाउनुपर्ने आन्दोलन गरेको भए पनि आजसम्म पनि उही अवस्था भएको गुनासाे गर्नुभयाे । महिला र पुरुषको समान सहभागिताका लागि अब युवा पुस्ता जागरुक हुनुपर्ने भन्दै उहाँले पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको अभियान चलाउनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा विगत २३ वर्षदेखि संस्थामा कार्यरत कार्यालय सहायक हरीमाया थापा, वरिष्ठ लेखापाल सीता बस्याल र लेखा अधिकृत सगुन सत्याल उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।