बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु - साेलुखुम्बुकाे साेलुदूधकुण्ड नगरपालिका-३ बाेल्दाेमा गएकाे पहिराेले बेनी हाइड्राेपावरकाे संरचनामा क्षति पुगेकाे छ । गएराति बाेल्दाे पुल छेउमा गएकाे पहिराेले ११ दशमलव ८ मेगावटकाे बेनी हाइड्राेपावरकाे ट्रान्समिसन लाइनमा क्षति पुर्याएकाे हाे।
पहिरोले हाइड्रोपावरको ट्रान्समिसन लाइनको एक नम्बर टावर नै क्षतिग्रस्त भएको आयोजनाका (प्लान्ट म्यानेजर) देवदत्त दुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ठूलाठूला ढुङ्गासहितको पहिरोले आयोजनाको अन्य विद्युतीय उपकरणहरुमा समेत क्षति पुगेको छ ।
पहिरोका कारण सल्लेरी–तामाखानी सडक अन्तर्गत बोल्दोमा रहेकाे सोलुखोला माथिको मोटेरेबल पक्की पुलमा समेत क्षति पुगेको छ भने आवतजावत ठप्प भएको छ । सडकको माथिल्लो भागबाट पहाडसहित झरेको पहिरोले पैदल यात्रा गर्न नमिल्ने गरी सडक पूरै अवरुद्ध भएको छ । पुलमा तामाखानीतर्फको भागमा क्षति पुगेको सोलुदूधकुण्ड नगरपालिका-३ का वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो ।
पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाकै प्रसिद्ध धार्मिकस्थल तामाखानी लोदिङमा रहेकाे ज्वालामाई मन्दिर जाने मुख्य मार्ग बन्द भएको छ । पुजारी वीरबहादुर मगरले मन्दिर जान फाप्लु, खोलाघारी हुँदै तामाखानी जोडिएको सडक प्रयोग गर्न आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।
Rajkumar shrestha
Aug. 21, 2023, 10:04 a.m.19.8 मेगावाट को बेनी हाइड्रो हो 11.8 भनि समाचार प्रशारण भएछ