दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गयो
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको शेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको शेयर चार प्रतिशतले बढेको छ ।
आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएका छन् । ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।