धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
यशराज ब्यानरमा निर्माण भएका सिनेमा ‘थग्स अफ् हिन्दाेस्तान’ ८ नोभेम्बरदेखि प्रदर्शनमा आउँदैछ ।
यो सिनेमाको ट्रेलर गीत र यससँग सम्बन्धित अन्य केही भिडियोहरु सार्वजनिक भइसकेका छन् । सार्वजनिक सामाग्रीहरु हेरेर दर्शकहरु यो सिनेमा हेर्न निकै नै आतुर भएका छन् । सिनेमामा कलाकारको लुक्स हेरेर पनि धेरैलाई यो सिनेमा हेर्न थप जोस बढेको छ ।
सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमा छायाकंनका क्रमका केही चाख लाग्दा कुराहरु सार्वजनिक भइरहेका छन् । यो सिनेमाको छायाकंन यस्तो ठाउँमा भएको थियो जहाँ विषालु सर्पहरु आउँथे ।
घना जंगलमा भएको छायाकंनका क्रममा अभिनेता अमिताभ बच्चनलाई सास फेर्न समेत गाह्रो भएको थियो । जंगलको बाटो पैदल हिँडेर छायाकंन स्थलसम्म जानु परेका कारण अमिताभलाई स्वास लिन गाह्रो भएको थियो । यही कारण उनी छायाकंन स्थलसम्म पालकीमा बसेर जान्थे ।
सिनेमाको धेरैजसो छायाकंन थाइल्याण्ड र माल्टामा भएको थियो । यहाँको बोर दीप क्षेत्र घना जंगल र विषालु सर्प पाइने ठाउँको रुपमा चिनिन्छ । यहाँ रहेको एक गुफामा सिनेमाको छायाकंन गरिएको थियो ।
यो गुफालाई सिनेमामा खुदाबख्सको भूमिका निर्वाह गरेका अमिताभ लुक्ने ठाउँ बनाइएको छ । शुरुमा निर्देशकले यो ठाउँको बारेमा बताउँदा अमिताभले निर्देशकले के देखेर त्यहाँ छायाकंन गर्न लागेको होला भन्ने सोचेका थिए । तर त्यहाँ गएर त्यो ठाउँ र गुफा देखिसकेपछि उनी पनि दंग परेका थिए ।
यस सिनेमामा अमिताभ बच्चन, आमिर खान, कटरिना कैफ, फतिमा सना सेख लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमामा आमिर खान डाकुको भूमिकामा छन् ।
उनको नाम फिरंगी हुन्छ जो आफ्नो नामलाई खुबै माया गर्छ । फिरंगी आफ्नो टोपी कहिल्यै पनि छोड्दैन र सधैँ साथमा मदिरा राख्छ । चाख लाग्दो के भने उसले यो मदिरा चोरेको हुन्छ ।
अमिताभ बच्चन अर्थात खुदाब्शसले नै अंग्रेजहरुको विरुद्धमा लडाईँ शुरु गर्छन् । उनी आफूलाई किसान भन्न रुचाउँछन् । त्यस्तै अभिनेत्री फतिमा सना सेख पनि एक योद्धाको भूमिकामा छन् ।
अभिनेत्री कटरिना यो सिनेमामा बोल्ड सुरैयाको भूमिकामा छन् । उनी आफ्नो सुुन्दरता र अदाबाट सबैलाई दिवाना बनाउँछिन् । सिनेमामा कटरिना र आमिरको लगभग उस्तै भूमिका छ जो अरुलाई बहकाएर आफ्नो काम बनाउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।