शेयर बजार राताम्मे हुँदै दुई हजार विन्दुबाट तल, एक अर्ब ४० करोड रुपैयाँको कारोबार

 भदौ ४, २०८० सोमबार १५:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार दोस्रो दिन आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया