दाङमा घरको छतबाट खसेर एक जनाको ज्यान गयो
माघ ८, २०८१ मंगलबार
काठमाण्डौ – भारतको सबैभन्दा जेठो हात्ती बिजुलीप्रसाद मरेको छ ।
आसामको सोनितपुर जिल्लामा रहेको बेहाली चिया बगानमा आज ८९ वर्षको उमेर बिजुलीप्रसाद मरेको अधिकारीहरुलाई उद्धुत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
चिया बगानमा काम गर्ने र सम्बन्धित धेरै मानिसहरू हात्तीको मृत्युमा शोक व्यक्त गर्न भेला भएका थिए ।
हात्तीलाई सानै छँदा बारागाङ चिया बगानमा ल्याइएको र बगैँचा बेचिसकेपछि विलियम्सन मेगर समूहमा पुगेको चिया बगानका व्यक्तिले जनाएका छन् ।
काम गर्ने उमेरबाट अवकाशपछि बिजुली प्रसादले चियाबारीमा सुखको जीवन बिताइरहेको थियो ।
पद्मश्री पुरस्कार विजेता र प्रख्यात हात्ती सर्जन डाक्टर कुशल कोन्वर शर्माले सामान्यतया हात्तीहरु ६० देखि ६५ वर्षसम्म बाँच्ने र घरेलु हात्ती ८० वर्षसम्म बाँच्ने अध्ययनहरुले देखाएको बताउनुभयो ।
तर राम्रो हेरचाहको कारण बिजुलीप्रसाद ८९ वर्षसम्म बाँचेको उहाँको भनाइ छ ।
आज मरेको बिजुलीप्रसाद हात्तीका सबै दाँत १० वर्षअघि नै भाँचिएका थिए ।
हेरालुले उसलाई उच्च प्रोटिनयुक्त उमालेको चामल र सोयाबिन मिसाएर खान दिँदै आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।