कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासकाे मत

 भदौ ४, २०८० सोमबार १८:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ ।

सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए । 

थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।

एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो ।

उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लाग्नुभएको हो ।

विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।

विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए।

अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् ।

उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।  

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया