सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक १० घण्टादेखि बन्द, खुलाउने प्रयास चल्दै

 भदौ ५, २०८० मंगलबार ६:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी काम भइरहेको छ । सडक खुलाउन अझै केही समय लाग्नेछ । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया