धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
सोलुखुम्बु - सोलुखुम्बुको दिप्लीघाटमा दुधकोशीमा आएको बाढीले डोजरसहितका सामग्री बगाउँदा ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
हिजाे आएकाे बाढीले पुल निर्माणको क्रममा प्रयोग भएको डोजरसहितका सामग्री बगाएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका-८ र सोताङ गाउँपालिका-१ को सिमाना दिप्लीमा पुल निर्माणको क्रममा प्रयोग भएको आरबी कन्ट्रक्सन प्रालिको बा २ क २०५७ नम्बरको एक्स्काभेटर, एउटा मिक्स्चर, जेनेरेटर, फलामको रड पन्ध्र बण्डल, फलामको स्काइ फोल्डिङ फर्मा ३ सय ३० वटा बाढीले बगाएको हाे ।
बाढीले दिप्लीघाटको बेलीब्रिजको भाग पनि कटान गरेको छ । निरन्तको वर्षाका कारण ब्रिजको जमिनसँग जोडिएको झण्डै २५ फिट भाग कटान हुँदा कोशीपारिका क्षेत्रमा गाडी आवतजावत बन्द भएकाे छ ।
साेलुखुम्बुकाे जिल्ला सदरमुकामबाट कोशीपारि जोड्ने बेलीब्रिजमा बाढीले क्षति पुर्याएसँगै महाकुलुङ, सोताङ गाउँपालिका र सल्लेरीबीचकाे सडक सम्पर्क टुटेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।