ने क पा रसुवाको तीनै तहका कमिटीका पदाधिकारी छनोट

 कात्तिक १४, २०७५ बुधबार २०:३७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारीको नाम छनोट गरिएको छ । पार्टीको जिल्ला कमिटीले दिएको जानकारी अनुसार वडा, गाउँपालिका र जिल्ला सङगठन कमिटीका पदाधिकारी छनोट गरिएको हो । 

जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको सङ्गठन कमिटीको निर्माणको लागि गठन गरिएको कार्यदलका सदस्य जनार्दन ढकालले बताउनुभयो । 

गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको उहाँले बताउनुभयो । ‘तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश कमिटी र केन्द्रीय कमिटीले अनुमोदन गर्न बाँकी छ ।’

तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार÷चार सदस्यीय कार्यदल गठन गरिएको थियो । जिल्ला कमिटी सचिवालय सदस्यमध्येबाट उहाँहरूलाई छनोट गरिएका बताइएको छ ।

जिल्ला कमिटीमा आएको नामावलीको अध्ययन गरेर अनुमोदनका लागि प्रदेश ३ को प्रदेश कमिटीमा सिफारिस गरिने उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया