आज १६औँ पुस्तकालय दिवस : सरकारी पुस्तकालयको अवस्था भद्रगोल

 भदौ १५, २०८० शुक्रबार ८:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज १६ औँ पुस्तकालय दिवस मनाइँदैछ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

देशभर झण्डै ९ सय २५ वटा पुस्तकालय रहेको तथ्याङ्क छ । तर भूकम्प गएको आठ वर्ष बित्दा पनि सरकारी पुस्तकालयका भवन पुनर्निर्माणको काम अधुरै छ । सरकारी पुस्तकालय भद्रगोल छन् । केशर पुस्तकालयको निर्माण गति सुस्त छ । ललितपुरको पुल्चोकमा रहेको राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ ।

सानोठिमीमा पनि अस्थायी टहरामा छ । जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ । लाजिम्पाटको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवाद छ ।

राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका महत्त्वपूर्ण दस्ताबेजलाई डिजिटाइज गर्ने योजना रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया