चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुग्यो : जनमोर्चा

 भदौ १५, २०८० शुक्रबार १०:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनमोर्चा पार्टीले चीनको नयाँ राजनीतिक नक्साले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको जनाएकाे छ । 

जनमोर्चाले विज्ञप्ति निकालेर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आँच पुगेको भन्दै चीन सरकारको त्यसप्रकारको व्यवहारको कडा शब्दमा विरोध र भत्र्सना गरेको जनाएको छ ।

‘नेपालले २०७७ सालको जेठ ३१ गते दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर निकालेको नयाँ चुच्चे नक्सालाई २८ अगस्ट २०२३ मा चिनियाँ सरकारले जारी गरेको आफ्नोसहित विश्वको नक्सामा मान्यता नदिएकोमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष चित्रबहादुर केसीले निकाल्नु भएको विज्ञप्तिमा भनिएको छ ।

चीनले आफ्नो नक्सामा २०७७ साल जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिइ भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बीच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता गर्नुले कालापानीको सवालमा चीनले समेत भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेको जनमोर्चाको आरोप छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया