इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले काठमाण्डाै–लुक्ला हवाई रुटमा मौसमी अवस्थाबारे जानकारी दिने क्यामेरा जडान गरेकाे छ ।
क्यानले आज मङ्गलवार सूचना निकालेर राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा काठमाण्डौ–लुक्ला रुट अन्तर्गत फाप्लुभन्दा उत्तरतर्फ क्यामेरा जडान गरेकाे जानकारी गराएको हो । काठमाण्डाै–लुक्ला रुट हवाई उडानका लागि जोखिमपूर्णमध्ये एक मानिन्छ । छिनछिनमा मौसम परिवर्तन भइरहने भएकोले पनि जोखिम थपिने गरेको लुक्ला–काठमाण्डौ उडान भर्ने पाइलटहरू बताउँछन् ।
सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन हुने क्यामराले दुवै विमानस्थललाई रुटको अवस्थाबारेमा प्रत्यक्ष जानकारी दिन्छ । क्यानले राष्ट्रिय आविष्कार केन्द्रसँगकै सहकार्यमा यसअघि पोखरा–जोमसोम रुटमा क्यामेरा जडान गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।