इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
सप्तरी – सप्तरीबाट निर्वाचित प्रदेश सांसद अनिरुद्रप्रसाद सिंह यादव पुर्पक्षका लागि थुनामा गएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो ।
१६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले हिजो साेमवार राजविराज–७ बाट यादवलाई पक्राउ गरेको थियो । यसअघि जनता समाजवादी पार्टीमा रहेका यादव गएको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उनी २०६४ असार १४ गतेदेखि नै फरारको सूचीमा थिए । सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाह–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता रहेको उल्लेख छ । मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।