धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले ४ वर्षपछि आफूहरु एकअर्काको प्रेममा रहेको खुलाए । मिडियामा उनीहरुको प्रेमको बारेमा विभिन्न खबर छापिँदासमेत उनीहरुले प्रेम अस्वीकार गरेर ती खबरहरुको खण्डन गर्दै आएका थिए ।
तर गएको आइतबार थाइल्याण्ड उडेको यो जोडीले शनिबार मात्रै आफूहरु प्रेममा रहेको खुलायो । शनिबार बिहानै सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उनीहरुले आफ्नो सम्बन्धको खुलासा गरेका हुन् ।
उनीहरुले आफूहरु प्रेममा रहेको मात्रै खुलाएनन् इन्गेजमेन्ट गरेर सदाका लागि एक भएको समेत सार्वजनिक गरे । अर्को कुरा उनीहरुले आफूहरुले केही समय अघि नै कानुनी रुपमा विवाह गरिसकेको सार्वजनिक गरे ।
आफूहरुको सम्बन्ध सार्वजनिक गरेलगत्तै थाइल्याण्ड पुगेको यो जोडीले यतिबेला एकअर्कासँग क्वालिटी टाइम बिताइरहेको छ । खासमा यो अवसर उनीहरुलाई एउटा विज्ञापनले जुराएको हो । दीपिका एउटा विज्ञापनको छयांकनको क्रममा थाइल्याण्ड जाने क्रममा साथमा दीवाकर पनि गएको बुझिएको छ ।
यो समय उनीहरुको लागि निकै नै सुन्दर रहेको हामी उनीहरुले शेयर गरेका तस्बिरहरुमा देख्न सक्छौँ । नेपालमा हुँदा ४ वर्षसम्म आफ्नो सम्बन्ध लुकाउन सकेको यो जोडीले थाइल्याण्ड पुगेर आफूहरुको प्रेम खुल्लम खुल्ला देखाएको छ ।
उनीहरुले एकअर्कालाई किस गरेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्दै माया व्यक्त गरिरहेका छन् ।
यतिबेला दीपिका अभिनित दोस्रो सिनेमा छक्का पञ्जा ३ चौथो सातामा प्रदर्शन भैरहेको छ । उता दिवाकर पनि सिनेमा क्याप्टेनको छायाकंन सकेर बसेका छन् । उनले यो सिनेमा निर्देशन गरेका हुन् ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।