सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - झापा, मोरङ, सुनसरी, इलाम लगायत पूर्वी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ ।
यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पूर्वी क्षेत्रमा धेरै परेको छ । यसकै कारण बिहानैदेखि त्यस क्षेत्रमा पानी परिरहेको उहाँले बताउनुभयो ।
आज अन्य क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यी क्षेत्रमा दिउँसोपछि र रातिको समयमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद् झाको आग्रह छ ।
पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।