अल्जाइमर्स रोगका बिरामी बढ्दै, बेलैमा उपचार नगराए जटिल अवस्था आउन सक्ने

 असोज ४, २०८० बिहीबार ८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  आज विश्व अल्जाइमर्स दिवस । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर्स दिवसको रूपमा मनाइँदै आइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले अल्जाइमर्स रोगको समस्या तीव्र रूपमा बढिरहेको छ ।

अल्जाइमर्स रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । अल्जाइमर्स हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई यस विषयमा जानकारी नहुनु नै रहेको ज्येष्ठ नागरिकका डाक्टर रमेश कँडेलले बताउनुभयो । उहाँका अनुसार मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यसरी मस्तिष्कका कोषहरू नष्ट हुँदै गएपछि व्यक्तिले केहीबेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।

यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर्स हुन्छ । डाक्टर कँडेलका अनुसार ९५ प्रतिशतभन्दा धेरै अल्जाइमर्सका बिरामी ज्येष्ठ नागरिक छन् । यो रोग पुरुषको तुलनामा महिलामा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । अल्जाइमर्स के कारणले लाग्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति तथा वयस्कमा मधुमेह, उच्च रक्तचाप, मोटोपना भएका र निष्क्रिय जीवनशैली भएकाहरुलाई अल्जाइमर्स हुने जोखिम धेरै हुने डाक्टर रमेश कँडेलले बताउनुभयो ।

डाक्टरका अनुसार अल्जाइमर्स दीर्घरोग हो । यो पूर्ण रुपमा निको हुँदैन । तर, शुरुवाती चरणमा नै यो रोगको पहिचान गरी उपचार गराएमा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । बेलैमा उपचार नभए मानसिक समस्यासँगै हिँडडुल गर्न नसक्ने जस्ता जटिल अवस्थामा बिरामी पुग्ने डाक्टर कँडेलले बताउनुभयो ।

बिरामी सामान्य अवस्थामा हुँदा नै परिवारका सदस्यहरूले उपचारमा नलैजाँदा पछि ज्येष्ठ नागरिकको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको डाक्टरले बताएका छन् ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया