मतदाताले विज्ञ, देशकाे सेवामा लाग्ने व्यक्ति छानेर भाेट हाल्न थालेका छन् : देउवा

 असोज ७, २०८० आइतबार २०:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ ।

आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मतदाताले विज्ञ, देशको सेवामा लाग्ने, देशका लागि सहयोग गर्ने, समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताउनुभयो । मतदाताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा नभई व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । जो विज्ञ छ, सेवा गर्छ, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो । जनताले जातिभन्दा पनि देशलाई सहयोग गर्नुभएको छ ।’

सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भए पनि मुस्लिम धर्मावलम्बीका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया