विश्व पर्यटन दिवसको अवसरमा बर्दियाका उज्यालो सहकर्मी योगी सम्मानित

 असोज १०, २०८० बुधबार २०:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश तथा ठाकुरबाबा नगरपालिका बर्दियाद्वारा आयोजित ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ ।

झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय योगीले पर्यटन प्रवर्धनका लागि सञ्चारमाध्यमबाट निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले आज बुधवार सम्मान गरेकाे हाे । याेगीलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सम्मान गर्नुभएको हो ।

बर्दिया निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटन प्रवर्धन तथा ४४ औँ विश्व पर्यटन दिवसलाई सफल पार्न प्रकृति, स्थानीय कला संस्कृति प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उज्यालो सहकर्मी एवम् रेडियो टाइगर र संवाद एफएम बर्दियाका प्रबन्ध निर्देशकसमते रहेका योगीलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

कार्यक्रममा पत्रकार योगीसँगै बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा, स्थानीय कलाकार खगेन्द्र नेपाल पनि सम्मानित हुनुभएकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया