तेल र ग्यासमा फेरि भाउ बढेपछि उपभोक्ता थप मारमा, सहुलियत दिनुपर्ने सरकार मौन

 असोज १४, २०८० आइतबार ७:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा परेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ ।

ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ ।  अरु ठाउँमा भाउ फरक फरक छ । खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर  २ हजार एक सय १० रूपैयाँ पर्नेछ ।

याे पनि पढ्नुहाेस् ।

 

डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्नेछन् । महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन ।

मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा चासो दिइएको छैन । दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको छ । मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारमाथि दबाब बढ्दो छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया