६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
चिरप्रतिद्वन्द्वी रोजर फेडररलाई पाखा लगाउँदै सर्वियन नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरीसमा भएको खेलमा जोकोभिचले फेडररलाई प्रतिस्पर्धात्मक तीन सेटमा हराए ।
अहिलेसम्मकै एपिक खेलका रुपमा लिइएको सेमिफाइनलका तीन मध्ये दुई सेट टाइब्रेकरमा पुगेका थिए । फेडेरर विरुद्ध ४७ औं पटक खेलका जोकोभिचले पहिलो सेट टाइब्रेकरमा ७–६ ले जिते ।
तर दोस्रो सेटमा खेलमा फर्किएका फेडेररले जोकोभिचलाई ७–५ ले हराए । तेस्रो सेट झन रोमाञ्चक बन्दै टाइब्रेकरमा पुग्यो । जसमा जोकोभिचले ७–६ ले नै जिते । ३१ वर्षीय जोकोभिचले आफ्नो अपराजित खेलसख्या २२ पुर्याएका छन् । चार पटकका च्याम्पियन जाकोभिचले फाइनलमा रसियन खेलाडी कारेन काचानोभसँग खेल्नेछन् ।
कारेनले डोमिनीच थियमलाई हराउदै फाइनलमा पुगेका छन् । आइतबार हुने फाइनलको उपाधि जिते जोकोभिच पाचौपटक परिस मास्टर्सको उपाधि मात्र जित्ने छैनन, विश्व बरियतामा पहिलो स्थानमा पनि उक्लने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।