कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १६, २०८१ आइतबार
कास्की - पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि जारी खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा मात्र ९४ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे ।खराव सुरुवात गरेको काठमाडौले १५ रनमा पहिलो विकेट गुमायो ।
उसका ओपनर अमित श्रेष्ठ मात्र ९ रनमा आउट भए । चितवनका बलर सन्नी पटेलले एकै ओभरमा तीन विकेट लिएपछि काठमाडौंले १७ रनमा तीन विकेट खेर फाल्यो ।
पवन सर्राफले खाता खोल्न सकेनन् भने गौरभ तमोर एक रनमा पेभेलियन फर्किए । त्यसपछि नरेश बुढाऐर पनि मात्र एक रनमा आउट भएपछि काठमाडौंले ३० रनमा चार विकेट गुमायो ।
त्यसपछि काठमाडौका लागि विदेशी खेलाडी जयकिशन कोल्सावाला व्यक्तिगत २५ रनमा आउट भएपछि ६८ रनमा पाँच विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आदिल खानले पनि दोहोरो अंक जोड सकेनन् र मात्र आठ रनमा आउट भए ।
एकपछि अर्को विकेट गुमाएको काठमाडौंले स्कोरबोर्डमा अरु १५ रन जोड्दा थप तीन विकेट गुमायो । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन तथा स्मीत पटेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।
चितवनले जवाफी ब्याटिङ सुरु गरिसकेकाे छ । यतिबेला चितवन ५ अाेभरकाे समाप्तिमा २ विकेट गुमाउँदै २३ रन बनाएर खेलिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।