चिकित्सा शिक्षा र सीटीईभीटीसम्बन्धी उपसमितिको कार्यावधि थप

 असोज ३०, २०८० मंगलबार २०:३७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा एवम् सीटीईभीटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनका लागि गठित उपसमितिको कार्यावधि आउँदाे कात्तिक २० गतेसम्म कायम गर्ने निर्णय गरेको छ । आज (मङ्गलवार) सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संसदीय समितिहरूको प्रयोजनार्थ सङ्घीय संसद् सचिवालयबाट प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगतसमेत गराएको छ ।

त्यस्तै समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवम् गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्रअन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय गरेको समिति सभापति भानुभक्त जोशीले बताउनुभयो । समितिले एमबीबीएस अध्ययनरत एवम् आन्दोलनरत विद्यार्थीहरूको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयका सवालमा सरोकारवाला निकायहरूसँग थप छलफल गर्ने, यस सम्बन्धमा समिति सदस्य सुमना श्रेष्ठको संयोजकत्वमा विद्या भट्टराई र ज्ञानु बस्नेत सुवेदीलाई त्यस मागको औचित्यता र अध्ययन सम्बन्धमा जिम्मेवारी दिने निर्णय गरेको बताउनुभयो ।

समितिले समितिको वार्षिक एवम् आवधिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । त्यस्तै इजरायलमा हमासको आक्रमणबाट पीडित विद्यार्थी एवम् नेपालीको सुरक्षाको प्रत्याभूति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

समितिले बझाङमा भर्खरै गएको भूकम्पको कारण, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनःनिर्माणका लागि सरकारलाई निर्देशन पनि दिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया