प्रकृति संरक्षणमा युवा सहभागिताका लागि मैत्रीपूर्ण फुटबलमा सेनाकाे टिम विजयी

 कात्तिक १, २०८० बुधबार २०:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – प्रकृति संरक्षणमा युवा सहभागिता नारासहित बर्दियाको ठाकुरद्वारामा गएकाे साेमवारदेखि शुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सेनाकाे टिम विजयी भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाकाे देवीदत्त गणले ठाकुरद्वारामा रहेको ब्यारेक परिसरमा आयाेजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताकाे फाइनल खेलमा नेपाली सेनाकाे टिम पहिलाे भएको हाे ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी ८ टिममध्ये फाइनलमा पुगेका देवीदत्त गणका नेपाली सेना टिम र ठाकुरबाबा नगरपालिका टिमबीच आज बुधवार भएको खेलमा पेनाल्टी शुटआउटमा नेपाली सेना पहिलो भयाे । ९० मिनेटमा ठाकुरबाबा नगरपालिका र नेपाली सेनाकाे टिमले १/१ गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे ।

ठाकुरबाबाका मेयर तिलकराम लम्सालले युवाहरूबीच भाइचारा वृद्धिसँगै संरक्षणमा अझै बढी हातेमालो होस् भन्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयाेजना गरेकोमा निकुञ्ज सुरक्षार्थ देवीदत्त गण परिवारप्रति आभार प्रकट गर्नुभयो । उहाँले यस्ता खेलले एकआपसमा नजिक हुने अवसर मिलेको बताउनुभयो ।

देवीदत्त गणका गणपति हिमालय थापाले नगरवासीमा घनिष्टता तथा प्रकृति संरक्षण कार्यमा युवासहित सबैको सहभागिता होस् भन्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयाेजना गरेको बताउनुभयो ।

प्रतियोगितामा पहिलाे हुने टिमलाई चारबाहिनी पति प्रकाश थापाले पुरस्कारबापत झन्डै ४५ किलाेकाे खसी र दाेस्राे हुने टिमलाई मेयर लम्सालले पुरस्कारबापत झन्डै ३५ किलाेकाे खसी प्रदान गर्नुभयो ।

प्रतियोगितामा एनटीएनसी, सीबीएपीयू, बीएनपी, नगरपालिका, नेपाली सेना, भुपु सैनिक टिमसहित ८ टिम सहभागी भएका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया