गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे नेपालले निन्दा गर्‍याे

 कात्तिक २, २०८० बिहीबार १८:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारले प्यालेस्टिनकाे गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणकाे निन्दा गरेकाे छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा गरेकाे हाे । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रालयले विवादकाे समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भनेकाे छ, ‘हामी नागरिकमाथि भएकाे आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया