नेपालले हङकङलाई दियाे २ सय १४ रनकाे लक्ष्य, कुशल मल्ल र दीपेन्द्रकाे उत्कृष्ट ब्याटिङ

 कात्तिक ४, २०८० शनिबार १२:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायाे । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । उनले ४१ बल खेल्दै ९ छक्का र ३ चाैका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ५७ रन बनाए । उनले ३४ बलमा २ छक्का र ६ चाैका प्रहार गरे ।

नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाएकाे अवस्थामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाले । ५ औँ विकेटका लागि कुशल र दीपेन्द्रले १ सय ४५ रनकाे साझेदारी गरे । बलिङतर्फ हङकङका हरुन अरशद र माेहम्मद घजनफरले २/२ विकेट लिए ।

याे खेलमा विजयी भएमा नेपाल १ खेलअघि नै फाइनलमा पुग्नेछ । यसअघि बिहीवार भएकाे हङकङसँगकै खेलमा नेपाल ६ विकेटले र बुधवार भएकाे यूएईसँगकाे खेलमा ७ विकेटले विजयी भएकाे थियाे । याे शृङ्खलाकाे फाइनल खेल आउँदाे शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया