राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरकाे दर्शन

 कात्तिक ५, २०८० आइतबार १२:४०:३५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काभ्रेपलाञ्चोक - राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलकी धर्मपत्नी सबिता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो । 

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा रहेकाे पलाञ्चाेक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो । बडा दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । 

पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ ।

यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड लाग्नेगर्छ । यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल तथा उपमेयर सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया