एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - हिजो धादिङमा लगातार सात पटकसम्म भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको थियो ।
हिजो बिहान आठ बजेर आठ मिनेटमा चार दशमलव २, आठ बजेर २८ मिनेटमा चार दशमलव ३, आठ बजेर ५९ मिनेटमा चार दशमलव १ रेक्टरस्केलको परकम्प गएकाे गयो । यस्तै, दिउँसो चार बजेर ३ मिनेटमा चार दशमलव चार, बेलुका पाँच बजेर ३१ मिनेटमा पाँच र पाँच बजेर ३३ मिनेटमा पाँच दशमलव १ रेक्टरस्केलको परकम्प गयो ।
हिजो शुरुदेखि गएका सबै भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प रहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो भूकम्प गएपछि त्यसको परकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन हुन्न ।
विश्वमा दुई सय वर्षसम्म पनि परकम्प गएको रेकर्ड रहेको बताउनुभयो । भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार लगातार भूकम्प गइरहेकाले नागरिक त्रसित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।