गाजामा युद्धविरामको पहिलो चरण लागू : कैदीबन्दीको रिहाइदेखि ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा आरके शर्मा नेतृत्वको समितिलाई वैधता दिने सङ्केत गरेको छ । आज साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा सरकारले आफ्नो कार्यसमितिलाई वैधता दिने पक्का भएको शर्मा समूहले जनाएको छ ।
चुनावी परिणामले बद्री केसीको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश केसीले 'सिस्टम ह्याक' गरेर चुनाव जितेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए । बद्री केसी समूहले शपथ लिएकै दिन आरके शर्माको समूहले शर्माको अध्यक्षतामा फरक कार्यसमिति चयन गरेको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणका लागि तयार रहेको बताउनुभएको छ । प्रचण्डले आरके शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ । ‘एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको यस भेटबाट सरकारले आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई वैधता दिएको सन्देश दिएको छ । भेटमा शर्माले सङ्घ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको र २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ लगायत अभियन्ताहरू सहभागी थिए । शर्मा नेतृत्वको कार्यसमितिले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डाक्टर प्रकाशशरणमहत लगायतसँग भेटवार्ता गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।