जाेकाेभिचलाई हराउँदै पेरिस मास्टर्स टेनिसको उपाधि काचानोभले जिते

 कात्तिक १९, २०७५ सोमबार ७:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरिस मास्टर्स टेनिसको उपाधि रसियन खेलाडी कारेन काचानोभले जितेका छन् ।

फाइलनमा सर्वियन नोभाक जोकोभिचलाई हराउँदै कारेन सन् २००९ पछि एटीपी मास्टर्सको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । नयाँ बरियतापछि विश्व नम्बर एक हुने खेलाडी जोकोभिचलाई दुई शून्यको सोझो सेटमा हराउदै कारेनले करियरको ठूलो उपाधि उचाले ।

२२ वर्षीय कारेनले एक घण्टा ३७ मिनेट कोर्टमा बिताउँदै जोकोभिचलाई ७–५ र ६–४ को सेटमा पाखा लगाए । यसका साथै उनले जोकोभिचको २२ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाएका छन् । १४ पटकको ग्राण्डस्लाम विजेता जोकोभिच हारपछि पनि साेमबार सार्वजनिक हुने विश्व बरियतामा शीर्ष स्थानमा उक्लनेछन् ।

उपाधिसँगै कारेन विश्व बरियतामा ११ औं स्थानमा उक्लिएका छन् । यस्तै उनी सन् २००९ पछि एटीपीको उपाधि जित्ने पहिलो रसियन खेलाडी बनेका छन् । पेरिस मास्टर्सको खेल अवधीभर फ्लुबाट गुज्रिएका जोकोभिचले फाइनलमा पनि पूर्णरुपमा स्वस्थ नभएको बताएका थिए ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया