विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

 कात्तिक ९, २०८० बिहीबार ६:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो ।

यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक/एक विकेट लिए । नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए । त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

म्याक्सवेलले विश्व कप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए । उनले ४४ बलमा १ सय ६ रन जोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले । जितसँगै अस्ट्रेलियाको ६ अङ्क भएको छ । अस्ट्रेलिया अङ्क तालिकाको चौथो स्थानमा छ । १० अङ्कसहित भारत शीर्षस्थानमा छ ।

समान ८ अङ्ककासाथ दक्षिण अफ्रिका दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छन् । आज इङ्ल्यान्ड र श्रीलंकाबीच खेल हुनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया