माछापुच्छ्रेलाई पछाडि राखेर पीपीएलको ट्रफी सार्वजनिक

 कात्तिक १९, २०७५ सोमबार ९:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिग पहिलो दिनदेखि नै विशेष बन्न पुग्यो । ट्रफी सार्वजनिक र प्रतियोगिताका हिसाबले । प्रतियोगिताको फाइनलको एक दिन अगाडि उपाधिका लागि भिड्ने दुई टिमले ट्रफीलाई विशेष सार्वजनिक गरे । 

पोखरा प्रिमियर लिगको उपाधिका लागि मंगलबार घरेलु टिम पोखरा र चितवन राइनोज भिड्दैछन् । फाइनल अगाडि सोमबार प्रतियोगिताको उपाधि ट्रफीलाई दुई टिमका कप्तान पारस खड्का र शरद भेषवाकरले सार्वजनिक गरे । 

पोखराको अलिअलि चिसो मौसम, त्यसमा पनि खुलेको आकाश, भरखर घामले माछापुच्छ्रेलाई छुँदै थियो । ठाउँ थियो, पोखराको सारङकोट । पोखरा शहर पूरा देखिने र माछापुच्छ्रे पनि नजिकबाट हेर्न पाइने भएकाले पनि पीपीएल आयोजकले प्रिम्याच कन्फ्रेन्स सारङकोटलाई छाने ।

पर्यटकीय हिसाबले पनि निकै चर्चा पाएको सारङकोटमा बिहान घाम झुल्किने बेला दुबै टिमका कप्तान पुगेर माछापुच्छ्रेलाई पछाडि राखेर पीपीएलको ट्रफी सार्वजनिक गरे । खुलेको मौसमकोबीचमा दुवै टिमका कप्तानले ट्रफी उचाल्दा निकै रोमाञ्चक देखिएको थियो । 

घरेलु प्रतियोगितामा चिरप्रतिद्वन्द्वी कप्तान पारस र शरदले पनि सारङकोटमा पुगेर पीपीएलको ट्रफीका साथ फोटो खिच्दा छुट्टै आनन्द आएको प्रतिक्रिया दिए । पीपीएलको फाइनल खेल भोलि हुँदैछ । प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पाउनेछ ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया