१० दिनपछि खुलेको शेयर बजार २८ अङ्कले घटेर राताम्मे, ७४ कराेड रुपैयाँकाे काराेबार

 कात्तिक १२, २०८० आइतबार १५:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १० दिनपछि खुलेको शेयर बजार आज आइतवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । दशैँ र अन्य बिदाका कारण गएको २ गतेपछि आज खुलेको बजार २८ दशमलव १८ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि शेयर बजार परिसूचक नेप्से आज एक हजार आठ सय ७५ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर नौ प्रतिशत र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आज २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया