सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा समानुपातिक सांसद बनाउने जसपाकाे निर्णय

 कात्तिक १३, २०८० सोमबार १९:१९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाकाे समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गएकाे भदौमा निधन भएपछि त्याे ठाउँमा सञ्जिलाकुमारी यादवलाई चयन गरिएको हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेशसभामा समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताउनुभयो । उहाँले बैठकमा सङ्घीय संसद्‍मा पेस हुन लागेका ऐनहरूको बारेमा पनि छलफल भएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया