इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार

 कात्तिक १९, २०८० आइतबार ७:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गर्नुभएको छ ।

जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उहाँले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।

उहाँले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताउनुभयो । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।

ब्लिङ्केन इजरायल–हमास युद्ध शुरु भएपछि तेस्रोपटक इजरायल पुगेर अरब देशका नेताहरुसँग छलफल गर्न जोर्डन पुग्नुभएको हो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया