पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।
गए राति फ्लाई दुबईको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै ज्यान गुमाएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो । इजरायलमा अहिलेलाई उद्धार कार्य सकिएको र बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
गएको असोज २० गते इजरायलकाे विद्राेही समूह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्याे आक्रमणमा परि ज्यान गुमाएका लामीखाल–८ का थापासहित सल्यान शारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ जना विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।