सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (एमाले) ले भूकम्प पीडितलाई एक कराेड रुपैयाँ बराबरकाे राहत सामग्री वितरणको तयारी गरेको छ । पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री पठाउने तयारी गरेको छ ।
केन्द्रका प्रमुख एवम् पार्टीका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्प पीडितलाई सहयाेग गर्नका केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी पीडितलाई जाडोबाट बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिनुभयो ।
दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाण्डाैमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा खरिद गरिएको छ ।
पहिलो चरणको राहत सामग्री भोलि बुधवारसम्म पीडितसमक्ष पुर्याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।