पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले राहत पाउन सकेका छैनन् । केहीले पाए पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ । पीडितहरु खुला ठाउँमा बसिरहेका छन् । दिनदिनै बढिरहेको चिसोले प्रभावितलाई थप सास्ती थपेको छ ।
चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् । सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुन:स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिनहुँजसो उनीहरुको भिड लाग्ने गरेको छ । तर, प्रभावितलाई राहत भने पुग्न सकेको छैन ।
राहत वितरण भएका कतिपय ठाउँमा समेत भेदभाव भएको पीडिहरुले बताएका छन् । राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको भन्दै पीडितहरुले गुनासो गरेका जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी राहत बाँड्ने गरेको पाइएको छ ।
यस्तै, विशिष्ठ व्यक्तिहरुको लर्को लाग्दा पनि राहत वितरण प्रभावित भएको छ । राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु उनीहरुको सुरक्षामा खटिने गरेका छन् । यसले गर्दा उद्धार र राहतका काममा असर पर्न थालेको हो । भूकम्पले घर भत्किएपछि प्रभावितहरुले घरबाट सामान निकाल्न पाएका छैनन् । खुला ठाउँमा बसेका सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी मर्कामा परेका छन् ।
सडक छेउछाउमा केही राहत पुगे पनि ग्रामीण र दुर्गम क्षेत्रमा राहत पुग्न नसकेको रुकुम पश्चिमबाट उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिनुभयो । गएको शुक्रवार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ परिवार घरबासविहीन भएका छन् ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।