एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत, प्रस्तावको पक्षमा मत नै खसेन

 कात्तिक २३, २०८० बिहीबार १५:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत भएको हो । ५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ र मत परेको छ भने एक मत बदर भएको छ । ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग नलिएको एन्फाले जनाएको छ ।

नेम्वाङले एन्फा मात्र नभएर नेपाली फुटबल नै बर्बाद बनाउन लागेको भन्दै गएको भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारण सभाको माग गरेका थिए । तर बर्खास्तीको प्रस्ताव अस्वीकृत भएसँग नेम्वाङको पद जोगिएको छ । नेम्वाङ गएको वर्षको असारमा एन्फाको अध्यक्ष बन्नुभएको थियो । 
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया