जय ट्रफी एलिट कप क्रिकेट : पुलिसले मधेशलाई एक पारी र ३५ रनल...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरकाबीच भागिनी सम्बन्ध कायम भएको छ । बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से सहरका मेयर लिउ स्वाचुङ्गबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा दुई सहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबीचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने र समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।