सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – मुस्ताङमा रहेको चीनसँगको कोरला नाका खुलेको छ । आज साेमवारदेखि नाका खुला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान दुवै देशका अधिकारीले औपचारिकरूपमा नाका सञ्चालनका लागि उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले झन्डै एक हजार सीमा पार पास वितरण गरेको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । सीमा पार पास प्राप्त गरेकाहरूमध्ये कतिपय आजै चीनतर्फ गएका छन् ।
नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकमा खुशीयाली छाएको छ । २०७६ साल अघि वर्षमा दुई पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्याे । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू समस्यामा थिए । यो नाकाबाट खासगरी पिठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थलगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भएको थियो । नाकाका लागि चीन सरकारले भौतिक पूर्वाधार निर्माण गरेको छ । नेपालतर्फ भने खासै संरचना बनाइएको छैन । चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा बनाएको छ । कोरला २४ नम्बर पिलरमा पर्छ । नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिनुभयो ।
जोमसोमदेखि कोरला नाकासम्म कच्ची सडकको पहुँच पुगेको छ । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।