सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीले दुखेको गरेका छन् ।
काठमाण्डाै महानगरले भृकुटीमण्डप, एअरपोर्ट–तीनकुने, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि ठाउँ ताेकेर ती ठाउँहरूबाट फूल बिक्री भइरहेको छ । तर त्याे ठाउँमा फूल बिक्री गरिरहेका किसानले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा कमी आएको बताएका छन् ।
आज सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै भृकुटीमण्डपका फूल व्यापारीले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुसार बिक्री हुन नसकेको बताएकाहुन् । व्यापारी मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताउनुभयो । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उहाँकाे भनाइ छ ।
व्यापारी लिम्बूले भन्नुभयो, ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिनअघि गरेको भए व्यापारी र किसानलाई मर्का पर्ने थिएन । जानकारी भएको भए मान्छे फूल किन्न आउँथे ।’
त्यस्तै काभ्रे कोशिपारिबाट फूल बेच्न भृकुटीमण्डप आउनुभएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गर्नुभयो । उहाँले गाडी भाडासमेत नउठेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई उल्टै ऋण गरेर जानुपर्ने भयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्याे ।’
ओखलढुङ्गाबाट फूल व्यापार गर्न आउनुभएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गर्नुभयो । उहाँले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।