टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति रवि लामिछानेकाे प्रश्न– ‘नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने ?’

 कात्तिक २७, २०८० सोमबार १६:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे छ । 

सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मकाे होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै प्रयाेगकर्ता र विषय खराब छैनन् ।प्राविधिकरूपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ ।’

सभापति लामिछानेले सत्ताधारी दलकै नेताहरू भ्रष्ट भए पार्टी नै बन्द गरिदिने हाे त भनेर सरकारलाई प्रश्न गर्नुभएकाे छ । ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयाैँ नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कैयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे । आजको युगमा सामाजिक सञ्जालकाे विकल्प सुधारिएकाे सामाजिक सञ्जाल हाे, उहाँले लेख्नुभएकाे छ ।’

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया