सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
इजरायली आक्रमणका कारण अत्यावश्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव भएपछि उत्तरी गाजा पट्टीमा प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन् ।
‘इजरायली आक्रमण र इन्धन सकिएका कारण अल–अहली अस्पतालबाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले उल्लेख गर्नुभएको छ ।
अल–शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभावका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको ज्यान गएको मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ । मिर्गौला डायलासिसका बिरामीको उपचार गर्न नसक्दा थुप्रै बिरामीको ज्यान जान सक्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
आइतवार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले गाजा सहरको अल–कुड्स अस्पतालले इन्धन अभाव र बिजुली कटौतीका कारणले सञ्चालन बन्द गरेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।