सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको जवाफी बहस सकियो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे छ ।
अध्यक्ष लिङ्देनले टिकटकमाथिकाे प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेकाे भन्दै याे निर्णय निरङ्कुशताकाे बाटाे भएकाे बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरङ्कुशताको बाटो हो ।
अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेकाे बताउनुभयाे । तर नियमनका नाममा प्रतिबन्ध स्वीकार नगरिने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘आज टिकटकमाथिको प्रतिबन्ध शुरुवात मात्र हो, भोलि एक्स (टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अङ्कुशको विरोध गरिन्छ । टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।