सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध : प्रधानमन्त्री प्रचण्ड

 कात्तिक २८, २०८० मंगलबार १२:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताउनुभएको छ ।

आज मङ्गलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा प्रधानमन्त्रीले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यस्ताे निर्णय गरेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताउनुभयो ।

समाजमा विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न सरकार टिकटक बन्द गर्ने निर्णयमा पुगेकाे उहाँकाे स्पष्टोक्ति थियो ।

उहाँले भन्नुभयो, ‘समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल एक ठाउँमा उभिएर टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेका हाैँ ।’

प्रधानमन्त्रीले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको पनि बताउनुभयो । साेमवारकाे मन्त्रिपरिषद् बैठकले आवासको समस्या समाधान गर्न विज्ञहरूबाट अध्ययन गराउनेदेखि आवास बीमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया