च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – सञ्चारकर्मी तथा कलाकार सन्तोष खनालको निर्देशनमा ‘मोहनी लाएको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार युट्यूब च्यानल नयाँ नयाँ न्यूज नेपालमार्फत गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र सञ्चारकर्मीसँगै थिएटर आर्टिष्ट समेत रहेकी अमृता खनालले अभिनय गरेका छन् ।
बुद्ध थापाको टिमले यस भिडियोको छायाकंन गरेको हो भने संजीप श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् ।
दुर्गालाल श्रेष्ठका शब्दहरुमा न्ह्यू बज्राचार्यको संगीत रहेको छ भने कमला श्रेष्ठले गीतमा आवाज दिएकी छिन् ।
कमला श्रेष्ठ त्यस्तो गायिकामा पर्छिन् जसले शारीरिक रुपमा अशक्त भएर पनि असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएकी छिन् । कमला नेपाली समाजको लागि एउटा उदाहरण बनेकी छिन् ।
१२ वर्षको उमेरमा भाइसँग घरको छतमा चङ्गा उडाउँदै गर्दा त्यो चङ्गा गएर बिजुलीको पोलमा अड्कियो । त्यो चङगा झिक्न उनले फलामे छडको प्रयोग गरिन् । तर त्यो छडले चङगा झिकेन उनको जिन्दगीको खुशी र शारीरिक सक्षमता झिकिदियो । त्यस क्रममा करेन्ट लागेर उनले दुवै हात र एउटा खु्टा गुमाइन् । यो दुर्घटना भएको २० वर्ष पुगिसकेको छ । हाल उनी कृत्रिम हात र खुट्टाको सहारामा अघि बढेकी छिन् ।
दुवै हात र एउटा खुट्टा नभए पनि कमलालाई परिवारको साथ मिल्यो जुन साथले उनले आफ्नो करिअरलाई अगाडि बढाइन् । गायनमा सक्रिय कमलाले एकताका हिमालय टेलिभिजनमा समाचार समेत वाचन गर्थिन् । हाल उनी गायिकासँगै समाजसेवीको रुपमा अघि बढेकी छिन् ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।