उपसभामुख रानाकाे गुनासाे– ‘नेपालमा केही गर्दा पनि नहुने’

 मंसिर १, २०८० शुक्रबार ११:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको गुनासाे गर्नुभएकाे छ ।

आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहाँ सफा गरेको छु । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गरे । केही गर्दा नहुने के यो देश ?’

उपसभामुख रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउनुभयाे । हरेक मानिसले घर बनाउँदै जाने हाे भने नेपालमा खेतीका लागि खाली जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने काम रोक्नुपर्ने उहाँले बताउनुभयाे । दुई/तीन जनाका लागि हरेकले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने उहाँकाे भनाइ छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पद सम्हाले लगत्तै काठमाण्डाैका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति रानाले दुःख व्यक्त गर्नुभयो ।

यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटाैँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्णरूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्रसङ्घका अनुसार विश्वका साढे तीन अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया